मकवानपुरको भीमफेदी गाउँपालिकामा विद्यालय भवनको उद्घाटन गरिएको छ ।

गाउँपालिका स्थित वडा नम्बर–५ दमारस्थित बाराही आधारभूत विद्यालयको ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको हो ।

२०४३ सालमा स्थापित विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मकवानपुरद्धारा६८ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालय भवनको गाउँपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका हुन् ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, गाउँपालिकाको शिक्षा प्रमुख गोविन्द चौलागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रेग्मी लगायतको आतिथ्य रहेको थियो ।