
हेटौंडा । सुनमा लगाइएको विलासिता कर र अन्य धातुहरुमा लगाइएको मूल्यअभिवृद्धि कर (भ्याट) प्रति असन्तुष्टी जनाउदै सुनचाँदी व्यवसायीहरु देशभरआन्दोलनमा उत्रिएका छन्।
नयाँ बजेटमा गरिएको व्यवस्थाको विरोध गर्दे बजेटबाट लगाइएको २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
चालू आर्थिक वर्षमा १० लाख रुपैयाँमाथिका गरगहनामा २ प्रतिशत विलासिता कर लाग्दै आएको थियो। सुन तथा सुनका गरगहना बिक्रीमा सो कर लाग्ने व्यवस्था गरिएका कारण विरुद्धमा व्यवसायीहरु आन्दोलित भएका हुन्।
यसैक्रममा सोमबार मकवानपुर सुनचाादी व्यवसासंघले पनि बिरोध गरेको छ ।
मकवानपुरभित्र रहेका व्यवसायीहरुले सोमबार आफ्नो व्यवसायनै बन्द गरेर आफु्ना मागपत्र जिल्ला प्रशासनमा बुझाएका छन् ।
संघका अध्यक्ष सहित टोलीनै प्रमुख जिल्ला अधिारी स्किम श्रेष्ठ समक्ष ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।
सुनचाँदी व्यवसायीहरु संघको कार्यलयबाट बिरोध व्यानर सहित शान्तिपुर्ण र्याली हेटौंडा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन मकवानपुर पुगेका हुन् ।
सुनका गरगहनामा लगाइएको विलासिता कर पत्थरहरुमा १३ प्रतिशत कर कतिपय प्रवधानले सुनचाँदी व्यवसायीलाई मारमा पारेको अध्यक्ष पवन शाक्यले बताए । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने बताएका हुन् ।
ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित स्थानमा पेश गरिदिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस्