मकवानपुर / मकवानपुरगढी गाउँपालिका वडा नम्बर -५ स्थित ज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

सेवा सहयोग र आवाजमा हामी भन्दै हेटौंडा – ५ का विशाल राज महतको संयोजनमा आईतबार विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

समाजमा भएको बिभिन्न गतिबिधिमा समन्वय गर्ने र सकारात्मक भूमिका निर्वाहका लागि एक जुट भएर काम गर्ने लक्ष्य रहेको संयोजक महतले बताए ।
सेवा सहयोग र आवाजमा हामी को बारेमा गरिएको प्रश्नमा महतले भने  “हरेक काममा  प्रक्रिया आवाश्यक छ । संस्थाको माध्यमले काम गर्ने सोच सहित अघि सरेको र  तर्दथ समितिको माध्यमबाट काम गरेका हौं । प्रक्रिया अनुसार संस्थागत भएर निस्वार्थ तरिकाले काम गर्दै जान्छौँ ।”

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमनाथ घिमिरेका साथै साथै अभियानमा तर्दथ समितिका सदस्यहरु राजेश थापा (गरिब) सुवोध सुवेदि, गणेश खडकी, दिपेन्द्र घिमिरे ,गोपाल थापा राजेश श्रेष्ठ, मन्जु नेपाल लगायतको उपस्थित रहेको थियो।

राजेश गरिब
थप जानकारी