हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी बडकुले बस्ने स्थानीय राम बहादुर पाख्रीन वडाध्यक्ष अनिल बानियाँ नेतृत्व वडा कार्यालय देखि बिभिन्न व्यक्तीहरुसंग खुसी भएका छन् ।

गएको २०८० फागुन १ गते पाख्रीनको मेल भएको घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो।
सोही समयमा प्रहरीले दिएकोृ जानकारी अनुसार बिजुली सट भई आगलागी हुँदा उक्त गोठ भित्र रहेको धान,चामल,मकै, धानकुट्ने र, मकै पिन्ने मिल, लत्ताकपडा, गोठ पुर्ण रुपमा जलि नष्ट भएको थियो ।

सो जानकारी पाएपछि उनको लागि राहत लिएर बिभिन्न संघसंस्थाका व्यक्तित्वरु पुगेर सहयोग गरेका थिए ।

उक्त स्थानमा हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँ सहितको उपस्थितिमा केही संघसंस्थाका व्यक्तीहरुले सहयोग गरेपछि अध्यक्ष बानियाँले नष्ट भएको घर पुर्ण निर्माणका लागि तत्काल कदम चलाइएको १ महिना भित्र निर्माण गरिने प्रतिवद्धता जनाएका थिए ।

यसैक्रममा अध्यक्ष बानियाँले प्रतिवद्धता जनाए अनुसार काम भएको भन्दै राम बहादुर खुसी भएका हुन् ।

अध्यक्ष बानियाँ नेतृत्व रहेको वडाको तर्फबाट जलेर नष्ट भएको गोठ निर्माण भएको बताएका हुन् ।

केही रकम तिर्न पर्ने भएकाले व्यक्तीगत ७० हजार भने आफुले तिर्नुपरेपनि आफु संकटमा परेर बेसाहारा भर्एको बेला धैरैको सहयोग पाएकोमा सबैप्रति आभारी रहेको बताउदै खुसी लागेको बताए ।

…………………………………………………………..

 

राजेश गरिब
थप जानकारी