जलवायु परिवर्तनका कारण विगत पाँच वर्षमा नेपालमा वर्षमा चार खर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको जनाइएको छ ।

सोमबार बागमती प्रदेश राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै ‘नेशनल क्लाइमेट चेन्ज सर्भे २०२२’ प्रतिवेदन सार्वजनिक गरेको हो।
केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पाँच वर्षमा ४ खर्ब १५ अरबको आर्थिक क्षती भएको हो ।

जानकारी गराए अनुसार सबैभन्दा धेरै आर्थिक क्षती किरा फट्यांङग्राका कारण बालीनालीमा रोग लागेर उत्पादकत्वमा कमी आउनु, प्राकृतिक प्रकोप, चट्याङ, खडेरी जस्ता कारण रहेको राष्ट्रिय तथ्यांक कार्यालयका वातावरण शाखा निर्देशक प्रमोद राज रेग्मीले जानकारी दिए । प्रतिवेदनमा जलवायु परिवर्तनका कारण भएका सामाजिक, आर्थिक प्रभावलाई समेटिएको छ ।

प्रतिवेदन अनुसार, नेपालमा मौसमी तापमान क्रमिक रुपमा बढ्दै आएको देखाइएको छ भने जलवायु परिवर्तनका कारण उपादकत्वमा प्रभाव पारेसंगै मानव स्वास्थ्यका साथै बालिनालिमा प्रभाव पारेको हो । सर्वेक्षणका क्रममा नेपालका ३६ प्रतिशत जनताले जलवायु परिवर्तनको अनुभव गरेको र नेपालमा हरेक दुई दुई वर्षमा जलवायु परिवर्तनको तथ्यांक सार्वजनिक हुँदै आएको छ ।

सर्वेक्षणमा २५ वर्षभन्दा बढी समयदेखि एकै क्षेत्रमा बसोबास गरिरहेका ४५ वर्षमाथिका उमेर समूहका व्यक्तिको अनुभवलाई समावेश गरिएको छ ।

नेपालको २९ जिल्लाका ६ हजार ५ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो ।

उक्त कार्यक्रममा तथ्यांक कार्यालय मकवानपुरका तथ्यांक अधिकृत राघिनी कुमारी वर्मा, सिन्धुलीका तथ्थ्यांक अधिकृत राजेश दास, चितवनका तथ्यांक अधिकृत विमल कुमार यादव लगायतको उपस्थिती रहेको थियो ।