आन्तरिक राजस्व कार्यलय मकवानपुरका प्रमुख तुलसी प्रसाद भट्टराईले जिल्लामा लगभग चार लाख ६६ हजार जनसंख्या मध्ये करिब एक लाख २ हजार ६ सय ८९ जना करदाता करको दायरामा रहेको बताएका छन् ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तरगत मंगलबार पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा २२ प्रतिशत जनसंख्या करको दायरामा आएको बताएका हुन् ।

कर सप्ताहको अवसरमा बोल्दै हालसम्म आयकर तर्फ दर्ता भएका ३१ हजार ८ सय ५७ जना, मुल्य अभिबृद्धिकरमा दर्ता भएका ५ हजार ५ सय ३१ जना,अन्तःशुल्क दर्ता एक हजार ६ सय १६ जना,डब्लु प्यानतर्फ ६ सय ६८ जना, प्यानतर्फ ७० हजार एक सय ६४ जना करदाता  दर्ता भएको बताए ।

बिभिन्न स्थानबाट आएको सूचनाले पनि जरिवाना र करको दायारामा ल्याइएको प्रमुख भट्टराईले बताए ।

सोही कार्यक्रम अन्तरगर्त संचारकर्मीसंगको अन्तरक्रियामा कोही कसैले रकमको इ – टिडिएस तिरीदिन कसैले व्क्तीगत प्यान कार्ड नं. प्रयोगका लागि मागेमा नदिन सुझाव समेत दिएका छन् ।

बजार अनुगमन र प्रबवधिमैत्री कर प्रणालीबाट सेवामा सहज बनाउने र धेरै भन्दा धेरैलाई करको दायरामा ल्याउन कर शिक्षाका कार्यक्रमहरुद्धारा अघि बढिने बताए ।