सुदूरपश्चिम प्रदेशको कैलाली धनगढीस्थित त्रिनगर नाकाबाट यात्रुवाहक बसको एसी भित्रबाट अबैध तरिकाले ल्याइएको बिभिन्न सामानहरु सहित एक जनालई प्रहरीले पक्राउ गरेको छ।

 

यात्रुवाहक बसको एसीको नटबोल्ट खोलेर अबैध तरिकाले लुकाएर ल्याइएको सामान ल्याएकोआरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको हो।

भारतबाट अबैध सामानको तस्करी हुने गरेको खबर पाएपछि सूचनाकै आधारमा धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउदै गरेको ना ५ ख २८१६ नम्बरको बसलाई चेकजाँच गर्दा अबैध तरिकाले ल्याइएको सामानहरु प्रहरीले फेला पारेको हो।

गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय रमेश बिकले भारतबाट अबैध रुपमा भित्र्याएका मोवाइल गाडीका पार्टहरु र बससहित करिब ३६ लाख ८० हजार ८ सय मुल्य बराबरका बिना बिलका अबैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर खड्काको नेतृत्वमा जिल्ला प्रहरी कैलालीका कार्यरत बरिष्ठ हवल्दार लालबहादुर चन्द सहितको संयुक्त प्रहरी टोलीले  नियन्त्रणमा लिएका हुन् ।