धादिङको त्रीपुरासुन्दरी गाउँपाकिलाले सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धि सूचना जारी गरेको छ ।
आर्थिक वर्षमा सो रकम संघीय सञ्चित कोषमा फिर्ता जाने व्यवस्था रहेकोले सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ भन्दै सुचाना जारी गरेको पालिकाले जनाएको छ ।

 

सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धि अत्यन्त जरुरी सूचना !!!
प्रस्तुत विपयमा सामाजिक सुरक्षा नियमावली २०७६ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई अनिवार्य रुपमा बैंक मार्फत भत्ता वितरण गर्न नेपाल गजपत्रमा सुचना प्रकाशन भए बमोजिम यस त्रिपुरासुन्दरी गाउँपालिकाका सम्पूर्ण वडाहरुका लाभग्राहीहरुलाई बैंक मार्फत नै भत्ता वितरण भई रहेको व्यहोरा सम्पुर्णमा अवगत नै छ । सोही नियमावली अनुसार एक आर्थिक वर्ष भित्र उक्त खाता निष्कृय भएमा वा खाताबाट रकम ननिकालेमा अर्को आर्थिक वर्षमा सो रकम संघीय-सञ्चित कोषमा फिना जाने व्यवस्था रहेकोले यदि कोहि कसैको गत आ.व.०७७७८ (२०७७ मंसिरदेखि २०७८ असोज सम्म) को सामाजिक सुरक्षा भत्ता रकम खातामा रहेको भए मिति २०७८ माग मसान्त सम्ममा बैकमा गई झिक्नुहुन अनुरोध छ । अन्यथा भत्ता रकम फिर्ता हुने र यसमा त्रिप्रासुन्दरी गाउँपालिकाको कार्यालय जवाफदेही नहने व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।