जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीद्धारा  बैंकिङ कसुर र चोरी मुद्धामा फरार रहेका २ जनो पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका झापा कमल गाउँपालिका वडा नं.७ बस्ने ५५ बर्षका मोहन ढकाल गएको असार  ०९ गते र वटा चोरी मुद्दामा फरार रहेका झापा कन्काई झापा कन्काई नगरपालिका ५ बस्ने वर्ष ३० का मनोज ऋषिदेव १० गते पक्राउ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

प्रवक्ता रिजालले जानकारी दिए अनुसार उच्च अदालत पाटनको फैसलामा मोहनलाई गएको २०७९असार२७ गते बैंकिङ कसुर मुद्दामा १ दिन कैद, १लाख जरिवाना र पिडित राहत कोषमा ४हजार रुपैया क्षतिपुर्ति भराउने फैसला भई फरार रहेकाका थिए ।

त्यस्तै झापा जिल्ला अदालतले ऋषिदेवलाई २०७८चैत्र ०८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद र ५५ हजार जरिवाना फैसला भई फरार रहेकाका थिए ।

पक्राउ परेका दुबैलाई फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले दिएको कैद भुक्तानको लागी कारागार  झापा पठाइएको प्रवक्ता रिजालले बताए।