रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडा उपमहानगरपालिका संगठन बिभाग प्रमुख बिशालराज महतले सामाजिक सञ्जाल फेशबुकमा आएको स्टाटसमा आपत्ती जनाएका छन् ।
हेटौडा उपमहानगरपालिकाका वडा नम्बर-१० का सन्तोष न्यौपानेले लेखेको फेशबुक स्टाटसलाई केन्द्रित गर्दै अपत्ती जनाएका हुन् ।
बिगतमा उनि राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडा उपमहानगर सभापती भएसंगै २०७९।०५।१९ गते पार्टी विधी विधान विपरीत कार्य गरी कारवाहीमा पर्नु भएको पार्टीले जनाएपनि २०८० १ ३१ सम्म कारवाही फुकुवा नभएको उल्लेख गर्दै एक विज्ञप्ती जारी गर्यो ।
संगै पार्टीको विभिन्न कार्यक्रममा उपस्थित भई गतिविधी गर्दै आउनुभएको जानकारी भएकोले तपाँई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँदै अव उपरान्त पार्टीको कुनै पनि कार्यक्रम तथा गतिविधीमा सहभागी नहुन नगराउन विज्ञप्तीमा उल्लेख गरियो ।
तर, सामाजिक सहयोगीका रुपमा प्रस्त्त भएका न्यौपानेले सामाजिक सञ्जाल मार्फत आफ्ना अभिव्यक्ती दिईरहे ।
उनले लेखाईका क्रममा कहिले जालि फटाहाको दिन गए , यति मात्र भने है शुभरात्री ? कहिले बिशेष पत्रकार सम्मेलन गरेर धेरै कुरा प्रष्ट पार्नुपर्ने स्थिति बनेकोले पत्रकार मित्रहरुलाइ सम्झेको छु है भन्दै लेखे ।
एउटा …… , पुर्व नामुद जड्याहा बुढो मास्टर , सार्बजनिक जोकरले यो सहर चलाउन सक्ला ? घण्टाघर ।
हुनेवाला जित्ने मेयर पो रे ! म त हासेरै मरे लगायत बिभिन्न प्रसंगमा इस्टाटस लेख्दै गरेका न्यौपानेले पछिल्लो समय हेटौंडा स्कुलअफ म्यानेजमेण्टको प्रसंग जोडेर अर्को इस्टाटस लेखे ।
…….
मकवानपुर घण्टी शिक्षा छेत्रमा कति बिचल्लित छ ? मैले नै हो पुरन सरलाइ माफि नमाग्न र तल नझर्न सुझाव दिएको । घण्टिले कालोमोसो लगाउने योजनामा बनाएको सुचना दिने पनि मै हु । मैले कृष्ण्ग्पाल सरलाइ राति अबेर फोन गरेर एस्तो सबै योजनाको जानकारि गराएको । घण्टि मकवानपुर सभापतिको निर्देशनमा सह सन्योजक प्र्काश गौतम नेत्रीत्व कलेज प्रेबेश गरेको भिडियो नै छ । हामि सच्चाउन पो आको आगो लाउन हो ? क्रमश :i m with puran sir . यो बिषय रास्वपा प्रदेस र केन्द्रीय समितिले छानबिन गरोस । कतै घण्टी बार्गेनिङ पो हो कि ?? ( म माथि कथित कार्वाहिको फण्डा एहि घटनाको उत्पादन मात्र हो है )
……….
यस भनाइप्रति बिभाग प्रमुख महतले सामाजिक सञ्जाल फेशबुकमा आपत्ती जनाएका हुन् । उनले सो भनाईलाई सेयर गर्दै यस्तो लेखेका छन् ।
सन्तोष जि तपाइको बारम्बार रास्वपा प्रतीको नकारात्मक टिप्पणीको कारण मैले बाद्य भै पार्टीको आधिकारिक नेतृत्वको भुमिकाको निर्वाह गर्दै यो विषयमा सत्य जानकारी गराउदै छु। कालोमोसो जुत्ताको माला लगाउने विषय रास्वपाका कुनै पनि सस्थागत ब्यक्तिले गरेको छैन। कुरो उठेको हो तर अन्य युवाहरु द्वारा आएको हो। कानुन हातमा लिइ अराजकताको प्रदसन गर्न उस्काउने कार्यमा नलाग्न र बार्ता द्वारा समाधान गर्नु पर्छ। भन्ने सल्लाह दिएको तत्य,घटनाको पात्र भनिने झुलेन्द्र श्रेष्ठलाई सोध्नु होला। वडा १ को जनप्रतिनिधि अध्यक्ष ज्यु ,नेबिसङका बिद्यार्थी नेताहरुलाइ र सामाजिक ब्यक्तित्व मित्र सुनिल गिरि ज्यु र उपस्थित अन्य ब्यक्ती र स्वम पुरन सर लाई पनि बुझ्नु होला यो विषयमा मैले खेलेको भुमिका के थियो भनेर। शुजबुज तरिकाले सामाजाजिक न्याय हुनु पर्छ। कसै प्रती आग्रह र पुर्बाग्रह र स्वार्थ राखेर काम गर्दा न्याय मर्न सक्छ। तत्कालिन घटना प्रती लक्षित गर्दै दुबै पक्षलाई न्याय गराउने काम भएको छ कृपया भर्म फैलाउने कार्य नगर्न आग्रह गर्दछु।





















प्रतिक्रिया दिनुहोस्