बागमती प्रदेशको राजधानी हेटौंडामा मेलमिलाप कर्ताको लागी आधारभूत तालिम सुरु भएको छ ।

…………………….

शनिबार छैठौं दिन भएसंगै यसै विषयमा सूसान तथा कानून शाखा अधिकृत
हेटौंडा उपमहानगरपालिकाका लक्ष्मण मैनालीसंग गरिएको कुराकानी ।।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा गएको जेठ १ गतेदेखि ४८ घण्टे आधारभूत प्रशिक्षण सुरु भएको हो ।

हेटौंडा उपमहानगर न्ययिक समिति संयोजक राजेश बानियाँको संयोजनमा सुरु गरिएको मेलमिलाप कर्ताको प्रशिक्षणले मेलामिलाप कर्ताको आवाश्यक जानकारी, काम कर्तव्य र अधिकारका विषयकमा जानकारी, गराउनका लागि कार्यक्रम गरिएको जनाइएको छ ।

कानून अन्वेषण तथा श्रोत विकाश केन्द्र (सेलार्ड) द्धारा सहजिकरण गरिएको कार्यक्रममा हेटौंडा उपमहानगरको १९ वटै वडाका प्रत्यक वडाबाट २,२ जना सहभागी भएका छन् ।

सहजकर्तामा अधिवक्ता सिताराम अधिकारी र जगन्नाथ सुवेदी रहेका हुन् भने ४८ घण्टे प्रशिक्ष पुरा भएपछि सहभागी भएका ३८ जना सूचिकृत हुने आयोजकले जनाएको छ ।