धादिङको त्रीपुरासुन्दरी गाउँपाकिलाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा स्थानीय तहसँगको समन्वय र सहकार्यमा संचालित गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि सूचि तयारी गरिएको गाउँपाकिलाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाको हस्ताक्षर गरिएको पत्र सार्वजनिक गर्दै गरिब परिवारको सूचि सार्वजननिक गरेको जनाईएको छ ।
सार्वजनिक सुचना अनुसार त्रीपुरासुन्दरीमा २६७ गरिब परिवार रहेको छ।

सूचिमा कोही छुट्न गएको भए १५ दिन भित्र निवेदन दिन सकिने समेत भनिएको छ ।