नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ निकै चर्चामा छ ।
४ दिन अघि सार्वजनिक भएको ‘सकम्बरी’ महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको भन्दै विवादको भूमरीमा परेको हो ।
उनका सिर्जनामा कहिले गीत चोरीको त कहिले समाजको गलत चित्रणको आरोप लाग्ने गरेको हो भने अहिलेपनि सामाजिक सञजालमा आलोचना भएको हो ।
दोहोरीमा र्याप हान्ने दोहोरी ब्याटलबाट नजरमा परेका सपुतलाई ‘बोलमाया’बोलको गीतले चर्चा दियो ।
उनको हरेक सिर्जनाले संगीत प्रेमीको मन झङ्कृत भयो नै ‘गलबन्दी च्यातियो’, ‘फुटेको चुरा’ ‘बदला बरि लै’, ‘कुरा बुझ्न पर्छ’ र ‘पिर’ यस्ता गीतले अनगिन्ती दर्शक पाए पनि यी गीतका भिडियो भने बिवादमा तानियो ।
सपुतकै ‘गलबन्दी’ मा शम्भु राईले आफ्नो स्वर संगीत रहेको दाबी गर्दै ‘देउसी भैलो’गीतबाट चोरी भएको आरोप लगाए पछि शम्भु राईको नाम राखे ।
यसपछि ‘कुरा बुझ्न पर्छ’को भिडियोमा देखाएका केही दृश्यले महिला सशक्तिकरणका कुरा उठाउँदा उठाउँदै पनि केही दृश्य बिझाउने भन्दै आरोपमा पर्यो ।
अघिल्लो साल सार्वजनिक भएको ‘पिर’ मा माओवादी महिला क्रान्तिपछि जीवन निर्वाहका लागि यौनधन्दा गर्न बाध्य भएको सामान्यीकरण गरेको विषयलाई लिएर ठूलै विरोधको घेरामा पर्यो ।
यसमा पनि केही दृश्य हटाएका थिए ।
चार दिन अघि सार्वजनिक भएको ‘सकम्बरी’ मा पनि महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको आरोप लागेको हो ।
भिडियोमा सुनिल थापा, प्रकाश सपूत, कुशुम शर्मा,निक्स शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। प्रकाश सपूतकै कथा एवम् निर्देशन सुनिल बिक , सह-निर्देशन रहेको छ।
विशाल घिमिरे सृजनात्मक निर्देशक हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्।
यतिबेला ‘सकम्बरी’मा अभिनय गरेकी कलाकार कुशुम शर्माको अभिनयलाई धेरैले रुचाएका छन्।
के हो त ? “सकम्बरी”
गीतको भिडियोमा गाउँकी एक युवती मोडेल बन्ने सपना बुनेर सहरतिर लाग्छिन् ।
‘फूलमाया’ ।।। शहर तर्फ डोरिएको ‘फूलमाया’ चाँडै चर्चित बन्ने र धन कमाउने सपना बोकेकी युवती अनि उनी मा के हुन्छ भन्ने देखाइएको छ ।
कथा काल्पनिक भएपनि कथामा देखाए अनुसार एक युवतीलाई सफलताको सिंढी चढ्ने प्रलोभन देखाएर यो समाजमा के सम्म हुन्छ भन्ने कथामा देख्न सकिन्छ ।।
गीतको भिडियोमा युवाले युवतीको अस्मिता लुटेपछि उल्टै तिमीले झुम्का कसरी पायौ रु पाउजु कसरी किन्यौ रु तिम्रो वैंशको आयु कति छ रु जस्ता प्रश्न सोधेको देखाईएको छ ।
यसमा ति युवतीले प्रश्न समेत गरेकी छन् ।।
जुन पुरुषले नै अस्मित लुट्ने उल्टै महिलालाई प्रश्न गर्ने भनेर सपुतको कला चेतमाथि प्रश्न उठाएका हुन् ।
त्यस संगै देखाईएका केही दृश्यको भने अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको हो ।
Casino cashback can be more player-friendly: 10% back up to $100 every week, credited on Mondays. To access it, complete signup and include the promo code for 1xbet mid-form so cashback offers are enabled for your profile. Cashback may require low wagering like 5x and exclude jackpots. Keep a clear deposit limit and avoid “recovering” losses—cashback is a cushion, not a strategy. Check time windows like 7 days for conversion.




















प्रतिक्रिया दिनुहोस्