मकवानपुरको पर्यटकीय स्थल ‘थाहा’को फोटो प्रदर्शनी गरिएको छ।
थाहा नगरपालिकाको आयोजनामा १८, १९ र २० कात्तिकमा काठमाण्डौंको वसन्तपुरमा ३ दिनसम्म भएको फोटो प्रदर्शनीमा १३ हजारले अवलोकन गरेका हुन् ।
प्रदर्शनी व्यवस्थापक संस्था फरक सोचका संयोजक रहेका यादवजंग रायमाझीले जानकारी दिए अनुसार फोटो प्रदर्शनी, २०७९’ नाम दिईएको हो ।

प्रदर्शनीको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेको र थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवद्र्धन गरी पर्यटनसंग जोडर विकास गरिने बताएका थिए ।
थाहानगर उद्योग वाणिज्य संघ, अध्याय रिसोर्ट, पालुङ जेसीज, थाहा होटल एशोसिएशनको सहयोग इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा भएको हो ।

कार्यक्रममा नेपाल लगायत विदेशी पर्यटकहरुले समेत अवलोकन गरेको र थाहानगरको पर्यटकीय स्थलहरुको फोटो मन पराएको थाहानगरपालिकाका मेयर विष्णु बहादुर विष्टले जानकारी दिए ।

तीन दिने फोटो प्रर्दशनीले थाहा नगर र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सभ्यता संस्कृती, धार्मिक क्षेत्र मेला जात्रा, ग्रामिण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको बताएका हुन् ।

‘नेपालीको तुलनामै विदेशीहरुले समेत फोटो खरिद गरेको र बढीजसो जर्मन अनि न्युजिल्याण्ड र अन्य मुलकका पर्यटकहरुले फोटो मन पराएर खरिद गरेको बताए ।

मकवानपुर थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने विश्वास रहेको मेयर बिष्टले उल्ेख गर ।
प्रर्दशनीमा काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकहरुले समेत अवलोकन गरेका थिए ।