यस वर्ष एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।
भर्ना खुला गरिएको जनाउदै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत जनाइरहेका छन् ।

हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथले पनि शिक्षा क्षेत्रमा गरेका काम र अवका दिनमा प्रदान गरिने शिक्षाका विषयमा जानकारी गराईरहेको छ।

धुवाँ धुलोभन्दा पर, स्वच्छ बातावरण गुणस्तरिय शिक्षा प्रदान गरिदै आएको हेटौंडा सिटी कलेज जेनिथले पनि शिक्षाका लागि ग्यारेन्टि भएको जनाएको हो ।

यसैक्रममा शैक्षिक क्षेत्रमा योगदान दिएर २९ वर्ष अध्यापान गराउदै आएका कानुन सम्बन्धी आवद्ध रहेका कलेजका प्रबन्धक निर्देशक रघुनाथ खरालले अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिरहेको बताए ।
विज्ञानसंकाय,होटल म्यानेजम्यान्ट,कम्प्युटर साइन्स्, बिज्नस् स्टर्डी अंग्रेजी माध्यममा कानुनको विषय समेत ल्याइएको भाडाको घरमा सञ्चालन गरेर २०७४ सालदेखि आफ्नै भवनमा रहेको र शिक्षालाई थप गुणस्तरिय बनाईएको खराल बताउछन् ।

कलेजकै विषयमा बोल्दै प्रिन्सीपल श्री बहादुर कार्कीले बिद्यार्थीहरुलाई समय अनुसार शिक्षा प्रदान नगरिदा भोलीका दिनमा पर्न सकने असरको सिकार नहुन भन्ने उदेश्य सहित शिक्षा प्रदान गरदै आएको बताए।

असल संस्कारका साथै गुणस्तरीय शिक्षा प्रदान गरिएको र गरिने कलेजमा भएको भौतिक पुर्वाधार, कलेजमा रहेका अनुभवी शिक्षकहरुको सिकाई अनि प्रदान गरिने विषयको मुल्याङ्कन गर्नेहो भने बिद्याार्थीहरुका लागि पहिलो रोजाइृमा पर्ने कलेज हुने बताए ।

हालै एसइइ उत्तिर्ण हुने बिद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै कसैको चाहाना, भनाईको पछि नलागी आफुले सक्ने, चाहाना भिजन अनुसारको विषय छानेर शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्ने बताए ।

अत्याधिक अंक आएको विषय नै नभएर बिद्यार्थीहरुले चाहाना अनुसारको विषयमा पढ्ने बातावरण मिलाउन अभिभावकहरुको जोड हुनुपर्ने निर्देशक खराल र प्रिन्सीपल कार्कीको भनाई छ ।

#हेटौंडा #सिटी #कलेज

हेटौंडा सिटी कलेज।खोजेकै शिक्षा दिने भविष्य सुनिश्चित गर्ने निर्देशक र प्रिन्सीपलको कुरा।यस्तोके छ?