हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्षमा निर्वाचित सुशिल घिमिरेले वडाको हकहितका लागि २४ घण्टानै जनताकै सेवामा रहने बताएका छन् ।

स्थानिय तहको निर्वाचन २०७९मा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका हयग्रीव आचार्यलाई पराजित गर्दै एमाले पक्षका विजयी भएका घिमिरेले आवाश्यक अनुसार निश्पक्ष ढङ्गले जनताको काम गर्ने बताएका हुन् ।वडाध्यक्ष पदमा घिमिरेले २ हजार ५सय ३० मत सहित विजयी भएका हुन् ।

आचार्यले १ हजार ३सयद९० मत प्राप्त गरे भने राप्रपाका रामकृष्ण श्रेष्ठले ३सय २५ मत, नेपाल मजदुर किसान पार्टीका दिपेन्द्र श्रेष्ठले ७ मत र स्वतन्त्र उम्मेदवार विशालराज महतले ४०२ मत पाएका थिए ।

 

हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ को वडाध्यक्षमा विजयी भएका सुशिल घिमिरेले  के भने त ?
जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।