हेटौंडा । १५ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबारबाट दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको चरिकोटमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । शनिबारबाट दोलखामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलकुदका सदस्यसचिव दीपक लामाको सभाध्यक्षमा तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले गरेका हुन् ।
दोलखाको चरिकोटमा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत छात्र र छात्रातर्फ मकवानपुरको टिमले विजयी सुरुवात गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चरिकोटमा भलिबल कोर्टमा भएको छात्रातर्फ मकवानपुरले नुवाकोटलाई २–० को सोझो सेटले पराजित गरेको छ । नुवाकोटलाई मकवानपुरले २५–११ र २५–१७ ले पराजित गरेको छात्रा भलिबतर्फका टिम प्रशिक्षक नरेन्द्र मुक्तानले जानकारी दिएका छन् ।
यस्तै छात्रातर्फ पनि मकवानपुरको टिम क्वार्टरफाइनलमा प्रवेश गरेको प्रशिक्षक नरेन्द्र मुक्तानले बताए । मकवानपुरले ललितपूरको टिमलाई २–० को सोझो सेटले पराजित गरेको छ । ललितपूरलाई मकवानपुरले २५–११ र २५–१५ को सेटले हराएको हो । पुरुष भलिबतर्फको टिम प्रशिक्षकको रुपमा पुष्पा मैनाली रहेका छन् ।
यस्तै एथ्लेटिक्सतर्फ मकवानपुरले २ वटा रजत पदक जितेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका प्रदेश संयोजक प्रभाकर पाँण्डेले बताएका छन् । उनका अनुसार मकवानपुका दुई खेलाडीले १०० मिटर दौडमार रजत पदक जितेका हुन् । प्रतियोगितामा मकवानपुरबाट ११ जना खेलाडीहरुको सहभागिता रहेको थियो । आइतबार अन्य विधाका खेलहरु सञ्चालन हुने उनले बताए ।
यस्तै, तेक्वान्दो २ जना खेलाडी काँस्यपदक प्राप्त गरेको टिमका निर्णायक विमल विकले बताएका छन् । तेक्वान्दोतर्फ ४२ केजीतौल समूहमा पुम्सेमा माधुरी घलान र सुहान गुरुङले काँस्यपदक जितेको निर्णायक विमल विकले बताए । तेक्वान्दो टिम प्रशिक्षकको रुपमा शिवहरि राइ र टिम व्यवस्थापकको रुपमा हरि भुजेल र निरु कुमारी मगर गएका थिए । प्रतियोगिता ६ जना छात्र र ६ जना छात्रागरी १२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
यस्तै, उसुमा मकवानपुरले १ वटा काँस्यपदक हात पार्न सफल भएको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको उसु प्रतियोगितामा मकवानपुरबाट सहभागी भएकी मनिषा विक सेमीफाइनलमा प्रवेश गर्दै काँस्यपदक जित्न सफल भएको निर्णायक विश्वनाथ पाठकले बताएका छन् । उनका अनुसार प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडीहरु सहभागी भएका थिए । खेलाडीहरुलाई खेल स्थानमा भ्रमण गराउन र खेलको अनुभव गराउनका लागि ३ दिन पहिलानै काठमाडौंको खेल स्थानमा लगेको उनले बताए । यस वर्षको प्रतियोगिताका लागि बन्द प्रशिक्षण नभएको कारणले पनि केहि प्रभाव पारेको उनले बताए । नान छ्वाङ र थाउलो विधाका खेल बाँकी रहेको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्