बागमती प्रदेशको राजधानी हेटौंडा १० भुटनदेवि मन्दिर जाने बाटामा रहेको नारायणी कलेज, तुलसी मेहरले शैक्षिक वर्ष २०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अभिभावक र शिक्षकहरुलाई सम्मान गरेको छ।

विद्यालयले आइताबार एक कार्यक्रमको आयोजना गर्दै ४३ जनाउत्तीर्ण विद्यार्थी, अभिभावक र उत्कृष्ट नतिाजा प्राप्त गराउन अध्यापन गर्ने ८ जना शिक्षकलाई सम्मान गरेको हो ।२०८० को एसईई परीक्षामा विद्यालयबाट ४९ विद्यार्थी सहभागी भएकामध्ये ४३ जनामा ९ जना विद्यार्थीले ग्रेड ए प्लस , १३ जनाले ए , १२ जनाले बी प्लस र ९ जनाले बी प्राप्त गर्न सफल भएका हुन भने ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको सभाध्यक्षता हेटौंडा उपमहानगर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यतामा सर्वोउत्कृष्ट अंक प्राप्त गरेको सुबिरा राना, उत्कृष्ट अंक ल्याउने राज राउत, एलिजा बञ्जारा सहितलाई सम्मन गरिएको हो ।

सोही कार्यक्रममा शिक्षकहरूमा शिक्षक सुरेन्द्र गौतम, गणित विषयका शिक्षक देवेन्द्र चापागाईं, अंग्रेजी विषयका शिक्षक कमल नेपाल, प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगद सहित सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सीपल रघुनाथ खरालले अघिल्लो वर्ष जस्तै कार्यक्रम गरेसंगै यस वर्ष पनि कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा बिद्यार्थी शिक्षक र अभिभावकहरुको मनोवल बढाउन र आउदा दिनमा अझ बिद्यार्थीहरुको शिक्षाप्रति सबैको चासो बढ्ने विश्वास रहेको बताए ।

……………

यसैविच रातो समाचारसंग कुराकानी गर्दै विद्यालयले यस वर्ष पनि एसइई उर्तिण विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि आव्हान गरेको बताए। शैक्षिक क्षेत्रमा योगदान दिएको वर्षै भएको र अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिदै आएकाले गुणस्तरिय शिक्षा शिक्षा प्रदान गरिदै आएको आउदा दिनमा अझ स्तरिय शिक्षा प्रदान गरिने बताए ।

साइन्स,कर्मस, कम्प्युटर साइन्स्, होटल म्यानेजमेन्ट र विज्नेस स्टडी लगागतका विषयहरुमा भर्ना भइरहेको र शिक्षाका क्षेत्रमा भरपर्दो नारायणी कलेज, तुलसी मेहर नै भएको प्रिन्सीपल खरालले बताए । सुविधा सम्पन्न भौतिकपूर्वाधार, प्रोजेक्टरका माध्यमबाट अध्यापन गराइने,अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगसालाको व्यवस्था, विपन्न तथा जेहन्दार विद्यार्थीहरुकालागि छात्रवृतिको व्यवस्था, शैक्षिक भ्रमण र अवलोकनको व्यवस्था, होस्टेलको व्यवस्था, खेलकुद कार्यक्रम गरिने र हेटौंडा भित्र हर्नामाडी,हटिया, कमाने, पदमपोखरी, सिमेन्टरोड लगायतको रुटमा यातायातको सुविधा सहित पठन पाठन गराउदै आएको प्रिन्सीपल खरालले बताए।

हालै एसइइ उत्तिर्ण हुने बिद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै हालको नतिजा कस्तो आयो भन्ने तर्फ होइन अब अतिनै राम्रो गर्छु भन्ने सोच सहित अघि बढ्नुपर्ने बताए प्रिन्सीपल खरालले बताए ।

अंक कै आधारमा शिक्षाबाट बञ्चित होइन शैक्षिक यात्रालाई अघिबढाउदै बिद्यार्थीहरुको भविष्य सूनिश्चित गर्ने अभियानमा कलेज रहेको आगामी दिनमा अझ अधिक मेहनत गरेर उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिने बताए ।