हेटौंडा । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा महत्तो प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बलेवा चौकीको संयुक्त टोलीले पकाहामैनपुर गाउँपालिका–९ धोरे स्थित सडकखण्डबाट शंकास्पद मोटरसाइकल सहित युवकलाई नियन्त्रणमा लिएको हो । बी आर २२ ए एफ  नम्बरको मोटरसाइकल रोक्दै चेकजाँच गर्दा उसले बोकेको झोलाभित्र कुल रु. १५ लाख ५० हजार  बराबरको नगद फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति पकाहामैनपुर–९ का २४ वर्षीय अवशेष पटेल रहेको पर्सा प्रहरीले बताएको छ। उनी श्रोत नखुलेको ठूलो रकम बोकेर अवैध कारोवारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए । प्रहरीले बरामद गरिएको नगद र मोटरसाइकलसहित घटना सम्बन्धी थप कारबाहीका लागि मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी