Rato Samachar
Tue, 21 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय अर्थ-विजनेस समाचार समाज

श्रीलङ्का ः ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु

श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ । प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि, यसका केही सांसदहरू व्यक्तिगत तवरमा शासकीय प्रक्रियामा सामेल हुनसक्ने विश्लेषकहरूले बताएका छन् । सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा (एनएफएफ) ले पनि हिजो राष्ट्रपतिलाई सकारात्मक सङ्केत पठाएको सरकारले जनाएको छ । उनले बिक्रमासिङ्घेलाई समर्थन गर्ने वचन दिएका थिए । लिखित रुपमा सरकारलाई दिएको जानकारीमा सांसद वीरावाणसाले मुुलुकलाई दुईवटा मात्र विकल्प बाँकी रहेको बताए । डेली मिररले वीरावाणसालाई उद्धृत गरी लेखेको छ, “हाइटीमा जस्तै अराजक परिस्थितिको बाटोबाट राजनीतिक नेतृत्व अघि बढ्ने वा कम्तीमा पनि अन्तिम समयमा सहमतिमार्फत वर्तमान गडबडीबाट त्यसलाई समाधान दिन तयार हुने भन्ने निर्णय श्रीलङ्काको राजनैतिक नेतृत्वले सोच्नु जरूरी छ ।” यस सन्दर्भमा एनएफएफले राष्ट्रपतिका लागि प्रस्तावहरू पेश गरेको थियो । एनएफएफले जुलाई २० मा राष्ट्रपति चयनका लागि मतदानमा सांसद दुलास अलाहाप्परुमालाई समर्थन गरेको थियो । यद्यपि, जुलाई २७ मा संसदमा आकस्मिक नियमको लागि मतदान गर्दा पार्टीले अर्कै अडान लियो । न्युज वायरका अनुसार मुलुकका विभिन्न विषयलाई सम्बोधन गर्न सर्वदलीय सरकारको स्थापना गर्न वीरावाणसाले थप आह्वान गरेका छन् । विक्रमसिङ्घे २० जुलाईमा भएको संसदीय मतदानमा दक्षिण एसियाली मुलुक श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले शपथ लिएका हुन् । जुलाई ९ मा प्रदर्शनकारीको भीडले उनको निवासमा आक्रमण गरेपछि ७३ वर्षीय गोटाबाया राजपाक्ष माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा दिएपछि बिक्रमासिङ्घे नयाँ श्रीलंकाली राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । यतिवेला श्रीलङ्काले बढ्दो आर्थिक संकटको सामना गरिरहेको छ । सरकारले आफ्नो विदेशी ऋण चुक्ता गर्न वैदेशिक मुद्राको चलन गरेपछि सरकारले त्यसपछि खाद्यान्न, इन्धनलगायतका अतिआवश्यक सामग्री खरिदका लागि समेत डलरको व्यवस्था गर्न सकिरहेको छैन भने संयुक्त राष्ट्रसंघले श्रीलङ्कामा ५७ लाख मानिसहरूलाई ‘तुरुन्तै मानवीय सहयोगको आवश्यकता पर्ने’ चेतावनी दिँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

हेटौडामा ९९+ इजि मार्ट उद्घाटन

हेटौडा-५ भैरव रोडमा राधाकृष्ण केक हाउसको उद्घाटन

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

लोकप्रिय



भर्खरै

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology