हेटौंडा । जिल्लाका विभिन्न स्थानबाट हराएको भन्दै दर्ता गरिएका मोबाइल फोनहरू महोत्तरी प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाइदिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा पीडितहरूले विभिन्न मितिमा मोबाइल हराएको भनी लिखित निवेदन दिएका थिए। ती निवेदनका आधारमा गरिएको खोजतलासपछि प्रहरीले मोबाइलहरू फेला पारेको जनाएको छ।
फेला परेका मोबाइलका धनीहरूलाई कार्यालयमा बोलाई आवश्यक कारबाही तथा प्रमाणिकरण प्रक्रिया पूरा गरी जिम्मा लगाइ पठाइएको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराएको सम्पत्ति फिर्ता दिलाउन निरन्तर खोजतलास तथा अनुसन्धान जारी रहनेछ।


































प्रतिक्रिया दिनुहोस्