हेटौंडा । आफ्नै बुबाको हत्या आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गाउपालिका–३ मडैका २६ वर्षीय अजय कुमार ठाकुरलाई लामो खोजीपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गते दिउँसो करिब ३ बजेको समयमा घरायसी विवादका क्रममा अजयले आफ्ना ७० वर्षीय बुबा जोगेन्द्र ठाकुरमाथि घरायसी हतियारले प्रहार गरेका थिए । गम्भीर घाइते भएका जोगेन्द्र ठाकुरको उपचारका क्रममा सोही दिन ३ बजेर ४०मिनेटको समयमा मृत्यु भएको थियो ।
घटनापछि आरोपी अजय ठाकुर फरार रहेका थिए। उनीमाथि जारी अनुसन्धानलाई अघि बढाउने क्रममा खटिएको प्रहरी टोलीले मंसिर ५ गते राति करिब ९ बजेर ३० मिनेटको समयमा जलेश्वर नगरपालिका–१२ थरुवाही टोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
आरोपीलाई पक्राउ गरेर आवश्यक कारबाही तथा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


































प्रतिक्रिया दिनुहोस्