हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुलमा मङ्गलबार साँझ भीरबाट खसेकी १४ वर्षीया रजना स्याङ्तानलाई प्रहरी टोलीले सकुशल उद्दार गरेको छ ।  सोमबार साँझा करिब ८ बजे घरबाट छबेली बजार जाने क्रममा उनी करिब ५० मिटर तल खहरे खोलाको भीरतिर लडेर बीच खोल्सामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्थानीयबाट जानकारी मिलेपछिको केही मिनेटमै इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले कठिन भू–भागमा जोखिम मोलेर उनको उद्दार गरेको हो ।

उद्दारपछि उनलाई प्राथमिक उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी पुर्‍याइएको र थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाहिरी चोटपटक नदेखिए पनि ढाडमा भित्री चोट हुनसक्ने आशंका रहेको र अहिले अवस्था सामान्य रहेको परिवारले बताएको छ। घटना पीडितको घरदेखि करिब २०० मिटर दूरीमा तथा इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्नेको जनाइएको छ।

रातो समाचार संवाददाता
थप जानकारी