हेटौडा। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।
सरकारमा सहभागी रहेका एमालेका ४ जना मन्त्रीहरुले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।
एमाले गत पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो ।संसदीय दलका नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए ।
एमालेका ३ जना मन्त्री गत माघ १० गते नियुक्त भएका हुन् ।























प्रतिक्रिया दिनुहोस्