हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरिएको हो । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार एक कार्यक्रमकाबीच प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण पौडेललाई  मोटरसाइकको चाबी हस्तान्तरण गरेका हुन् ।

मोटरसाइकलको चाबी हस्तान्तरण गरेपछि मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलन  घटनापछि विभिन्न भौतिक संरचनामा क्षति पुगेको बताए । क्षतिको क्रममा प्रहरीहरुको विभिन्न सवारी साधनहरु नष्ट भएकोले प्रहरीलाई शान्ति सुरक्ष कायम गर्न सहज होस भनेर १५० सीसीको अपाची बाइक प्रदान गरिएको उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी