चितवन जिल्लामा भएको १४ औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगिताको एथ्लेटिक्सतर्फ मकवानपुुरले करिब ९वटा पदक प्राप्त गर्दै तृतीय हुन सफल भएको छ । मंगलबार चितवन जिल्लाको चित्रवन रंगशालामा भएको प्रतियोगितामा ३ वटा स्वर्ण, १ वटा रजत र ५ वटा कास्य पदक प्राप्त गर्दै मकवानपुुर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा तृतीय हुुन सफल भएको हो । मकवानपुुरबाट १ सय मिटर दौडमा जीकेश सापकोटाले १ वटा स्वर्ण, २ सय मिटर दौडमा रजत र १ गुणा ४ सय मिटर रिले दौडमा कास्य पदक जितन सफल भएका छन् । यस्तै मकवानपुुरकी दीना गोपालीले १ सय मिटर दौडमा कास्य, २ सय मिटर दौडमा स्वर्ण र ४ सय गुुणा ४ मिटर दौडमा रजत पदक र १ सय गुुणा ४ मिटरको दौडमा कास्य पदक प्राप्त गरेकी छिन् भने सुुविनले लङ जम्पमा १ वटा स्वर्ण प्राप्त गरेका छन् ।एथ्लेटिक्सतर्फका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिमकोचको रुपमा रज्जिता फुयाल, सन्धया श्रेष्ठ, सन्देश तमाङ र डेबीट मिजार गएका थिए ।

गत वर्ष एथ्लेटिक्सतर्फको प्रतियोगितामा मकवानपुुरले ६ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । चित्रवन रंगशालाको मैदानको संरचना व्यवस्थित नभएको कारणले गर्दा मकवानपुुर जिल्लाले कम पदक प्राप्त गरेर तेस्रो हुुनुु परेको एक व्यक्तिले बताएका छन् । १ सय मिटरको दौड प्रतियोगिताको क्रममा मैदानमा ढुुंगा, गिटी जस्ता कुुराहरु अनावश्यक रुपमा फैलिएर मकवानपरकी गोपाली खाडलमा पछारेर तेस्रो हुुनुु परेकोमा उनले दुख व्यक्त गरेका छन । यस्ता प्रकारका कमी कम्जोरी भएको कारणले खेलाडीहरुको खेल जिवनमा नकारात्मक असर पर्ने उल्लेख गर्दै उनले मैदानको संरचालाई ध्यान नदिएर प्रतियोगिता गराएको बताए ।

 

तेक्वान्दोतर्फ मकवानपुरकी नेगीलाई स्वर्ण

 

चितवन ः तेक्वान्दोतर्फको प्रतियोगितामा मकवानपुर जिल्लाकी समीक्षा नेगीले मात्र स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । मंगलबार चितवनको कर्भड हलमा सम्पन्न भएको खेलमा प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाकी वडा–१४ स्थित मयुर धापकी समीक्षा नेगी प्रथम तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्न भएकी हुन् । मकवानपुरबाट सहभागी भएका १२ जना मध्य नेगीले मात्र स्वर्ण पदक प्राप्त गर्न सफल भएको टिम कोच बिमल विकले बताए । १३ औ संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा २ वटा रजत र १ वटा कास्य गरी ३ वटा पदक प्राप्त गर्न सफल भएको मकवानपुरले यो वर्ष १ वटा स्वर्ण मात्र प्राप्त गर्न सफल भएको बिकले बताए । यस वर्षको प्रतियोगितामा मकवानपुरबाट तेक्वान्दो तर्फ सबै नयाँ खेलाडीहरु सहभागी भएको कारणले मकवानपुरले १ वटा स्वर्ण मात्र जितेको उनको भनाई थियो । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुल सेन्सरमा पीएचडी सिसटमको प्रतियोगितामा पहिलो पटक खेलेकोले पनि ११ वटा पदक गुमाउनुपरेको बताए ।

 

कराँतेर्फ मकवानपुुरलाई ५ वटा कास्य र एउटा रजत पदक

 

कराँतेतर्फ तृतीय हुन सफल सुशीला श्रेष्ठ

प्रदेशस्तरीय राष्ंट्रपति रनिङ शिल्ड प्रतियोगिताको कराँतेमा मकवानपुुर जिल्लाले ५ वटा र रजत र १ वटा कास्य गरी ६ पदक प्राप्त गरेको छ । चितवनको भरतपुुर नगरपालिका वडा–१० को कर्भड हलमा सोमबार र मंलबार २ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी भएका १२ मकवानपुरका खेलाडीहरु मध्य ५ जना खेलाडीहरुले कास्य । एक जनाले रजत पदक प्राप्त गर्न सफल भएको टिम कोच तथा अइएसएफ मान्यता प्राप्त रोसिक श्रेष्ठले बताएका छन् । मकवानपुुरको प्रतिनिधित्व गर्ने ४२ केजी तौल समुहबाट राज भोलनले रजत पदक प्राप्त गरेका छन् । ५२ केजीबाट सोमराज पाख्रिन तृतीय, ४२ केजी तौल समुहबाट राज भोलन तृतीय, ५२ केजी तौल समुहबाट सोमराज पाख्रिन तृतीय, ५७ केजीबाट एस नेपाल तृतीय र ६२ केजीबाट सुशीला श्रेष्ठ तृतीय भएका छन् ।

बाहिरी जिल्लामा भएको प्रतियोगितामा मकवानपुरे रेफ्रिको अभाव भएको कारणले पनि ५ वटा कास्य र १ वटा रजत पदकमा चित्त बुझाउनु परेको उनले बताए । निममिय प्रशिक्षण भएको अवस्थामा पनि खेलाडीहरुको उपस्थिति समयमा नभएको कारणले मकवानपुरले कम पदक प्राप्त गरेको उनको भनाई थियो ।

 

उसु प्रतियोगिता मकवानपुरलाई २ वटा पदक

प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता अन्तर्गत उसु प्रतियोगितामा मकवानपुरका २ जना खेलाडीहरुले रजत पदक प्राप्त गरेका छन् । मंगलबार काठमाडौँ त्रिपुरेश्वर रंगशालामा सम्पन्न भएको खेलमा ४२ केजीतर्फ संगम मोक्तान र ४२ केजीमा छात्रा खेलाडीले रजत पदक प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडीहरु सहभागि भएका मकवानपुर जिल्ला उसु संघका सचिव विश्वाथ पाठकले बताएका छन् । प्रतियोगिता मकवानपुरबाट नयाँ खेलाडीहरु पनि सहभागी भएको कारणे तथा अनुभवको कमी भएकोले नजिता कम आएको पाठकले बताए । प्रतियोगितामा थाउनु र सान्सो विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १० वटा जिल्लाका खेलाडीहरु सहभागी भएका थिए । खेलाडीहरुको प्रतिनिधित्व गर्न टिम कोच विमल थापा मगर, निणायकको रुपमा विश्वनाथ पाठक र टिम म्यानेपरको रुपमा हरि बर्तौला गएका थिए ।

 

प्रतियोगितामा मकवानपुरको विभिन्न पालिकाहरुबाट करिब ९८ जना खेलाडीहरुको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा १ साता बन्द प्रशिक्षणमा सहभागी गराएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराएको हो ।