हेटौंडा उपमहानगरपालिाकामा पिप्ले युवा क्लबको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेसन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले संगित खेलकुद एक पक्ष समाज सुधार हाम्रो लक्ष नारा सहित स्थापित क्लवले युवाकमै विषयमा काम गर्दै अखाएको बताए ।  खेल क्षेत्रमा पनि क्लबले कार्यहरु गरेर जिल्लामै नमुना बन्दै गएको बताए । रङ्गशाला निर्माणको नेतृत्व लिएर क्लबले राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न अघि सरेर काम गरेसंगै नयाँ नेतृत्वले पनि अझ अधिक कार्य गर्ने विश्वास रहेको बताए ।क्लबका अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षता हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बिभिन्न खेलकुद संग आवद्ध अध्यक्ष लगायत कार्यसमितिका पदाअधिकारी, बिभिन्न क्लवसंग आवद्ध व्यक्तीत्वहरु लगायतको आतिथ्यता रहेको थियो ।

…………

सोक्रममा सम्पन्न अधिवेशनले सुविन घिमिरेको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुदीप सिंह ठकुरी, उपाध्यक्षमा बाबुराजा खनाल, सचिवमा दीपेन्द्र ढकाल, सहसचिवमा आवेश लामा र कोषाध्यक्षमा विवेक शर्मा अर्याल चयन भएका छन्।
त्यस्तै गरि , सदस्यहरुमा निरन्जन मानन्धर, नरेन्द्र मुक्तान, रवी थापा, अनुज कार्की, विवेक अर्यालचयन भएका छन् ।