मकवानपुर, रौतहट, सिन्धुली र सर्लाहीमा भएको शिबिरबाट २२३ जना मोतिबिन्दुका भेटिएका बिरामी मध्ये २०० जना मोतिबिन्दुका बिरामीको यही मिति १९ र२० गते हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया भएको कार्यक्रम संयोजक अन्जनी पराजुलीले अाज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।
रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा मंगलबारबाट मकवानपुर, रौतहट, सिन्धुली र सर्लाहीमा भएको निशुल्क आँखा शिविरमा मंगलबार हिमाली बास रौतहटमा २४८ जना आखा परिक्षण गर्दा ४८ जनामा मोतिबिन्दुका बिरामी भेटिएका थिए र सिन्धुलीमा १ सय ४२ जनाको आखा परिक्षण गर्दा २५ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए भने बुधबार नाढी चन्द्रजगर सर्लाहीमा १३८ जना परिक्षण गर्दा ३६ जनामा मोतिबिन्दु देखिएको र पिपलमाडी सिन्धुलीमा २ सय ५० जनाको आँखा परिक्षण गर्दा ४० जना मोतिबिन्दुका बिरामी भेटिएका थिए त्यसैगरी बिहीबार मकवानपुरको कैलाशमा १सय ७२ जनाको आँखा परिक्षण गर्दा १२ जना मोतिबिन्दुका बिरामी र बनबहुरी ७ रौतहटमा भएको शिविरमा २ सय ३८ जनाको आँखा परिक्षण गरिएकोमा ६२ जनामा मोतिबिन्दु भेटिएको संयोजक पराजुलीले बताएका छन । मकवानपुर, रौतहट, सिन्धुली र सर्लाहीमा भएको शिबिरबाट २२३ जना मोतिबिन्दुका बिरामी भेटिएकाेमा २०० जना मोतिबिन्दुका बिरामीको यही मिति १९ र२० गते हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया भएको कार्यक्रम संयोजक अन्जनी पराजुलीले जानकारी दिएका छन । उनीहरुको यातायात खर्च, बस्ने खाने खर्च रोटरी क्लबले व्यहोर्ने संयोजक पराजुलीले बताए । पराजुलीका अनुसार शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरीएको शिबिर आयोजकले बताएका छन।