मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हेटौंडा–११ स्थित थाना भर्याङको कर्भड हलमा भएको जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि खुल्लातर्फ हरि तामाङ र चेतन बिकले जितेका छन् ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा हरि तामाङ र चेतन बिकले हिक्मत सिंह पातली र शिव कार्कीलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि जितेको हो ।

भेट्रान्सतर्फको उपाधि महर्जन र रेग्मीले जित्यो

भेट्रान्सतर्फको उपाधि लक्षण महर्जन र रमेश रेग्मीले जितेका छन् । शनिबार भएको फाइनल खेलमा धर्म र दिलिपलाई हराउँदै महर्जन र रमेश रेग्मीले उपाधि जितेका हुन् ।

खुल्लातर्फको उपाधि विजेता टिमले प्रतियोगिताको उपाधि ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ सहित शिल्ड मेडल प्राप्त गरेका छन् ।

भेट्रान्सको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ सहित शिल्ड मेडल प्राप्त गरेका छन् ।

थापा र श्रेष्ठलाई वर्ष २०८० का उदीयामान खेलाडी

मकवानपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम संस्करणको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा स्वीकार थापा र श्रवण श्रेष्ठ वर्ष २०८० का उदीयामान खेलाडी घोषित भएका छन् ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा उदीयामान घोषित भएका थापा र श्रेष्ठलाई शान्ति अप्टिकलका प्रोपाइटर सुदीप ठकुरीले ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

यस्तै खु्ल्ला उमेर समुहबाट सुर्दशन दुलाल र ४५ वर्ष उमेर समुहमा लक्ष्मण महर्जन उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा व्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति ललित घलानको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरे, संघका उपाध्यक्ष विजय सिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

 

रातो समाचार संवाददाता
थप जानकारी