प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीम आचार्यले खोक्रा नाराले मात्रै कृषिको विकास नहुने बताएका छन्।
प्रदेश १ को सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता आचार्यले किसानले भोगिरहेका समस्या समाधानका लागि कुनै ठोस योजना नल्याइ खोक्रा नारा मात्रै लगाएर कृषिको विकास नहुने बताएका हुन्।
आचार्यले प्रदेश १ को मुख्य बाली धान लगाउने सिजनमा किसानले मल, बीउ नपाएको बताए। मल र उन्नत जातको बीउ नहुँदा उत्पादन ३० प्रतिशतभन्दा बढीले घट्ने भएकाले सरकारले नीति तथा कार्यक्रममा खोक्रा नारा मात्रै लगाएर कृषि क्षेत्रको विकास नहुने स्पष्ट पारे। उनले कृषिलाई प्राथमिकता दिएको भनिएको नीति तथा कार्यक्रममा खै मल, बीउ र सिँचाइको समस्या समाधान गर्ने कार्यक्रम।
उनले भने, ‘नीति तथा कार्यक्रम हेर्दा सबै थोक तर, केही न केही।’ ठोस कार्यक्रमबिनै कर्मकाण्डी रुपमा घोषणा गर्ने काम नगर्ने प्रवृत्तिले कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकिने स्पष्ट पारे। आचार्यले भने, ‘किसानलाई मल, बीउ दिने कार्यक्रम खै कहाँ छ।’ आचार्यले गत वर्षको बेमौसमी वर्षाका कारण कृषि बालीमा भएको क्षतिको क्षतिपूर्ति दिने सरकारले घोषणा गरेको तर, अझैसम्म किसानले क्षतिपूर्ति नपाएको बताए। उनले भने, ‘राहत दिन्छु भनेर सरकारले गरेको घोषणा अझैसम्म दिइएको छैन।’
आचार्यले प्रदेश १ मा काम नगर्ने आसन, भाषण, भोजभतेरमै रमाउने नीति तथा कार्यक्रम आएको टिप्पणी गरे।























प्रतिक्रिया दिनुहोस्