Rato Samachar
Wed, 26 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

एम्बुलेन्स बिग्रिएर थन्किँदा सेवाग्राही मारमा

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् । लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन् । नेपाल–भारत मैत्री सङ्घमार्फत् प्राप्त विसं २०५४ र २०६४ मा एक÷एक गरी मेची अस्पतालमार्फत् दुई एम्बुलेन्स सञ्चालित थिए । एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ । बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्थासमेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताउनुभयो । “एम्बुलेन्स बनाउने कण्डिसन नै छैन”, उहाँले भन्नुभयो, “त्यसैले मर्मत गरिएको छैन ।” अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ । सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहीँकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताउँछन् । प्रदेश नं १ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागिसमेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ । मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो । मुलुक सङ्घीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिएको छ । प्रदेश र सङ्घीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ । भद्रपुरमा सरकारी÷संस्थागत रुपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका एक÷एक एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताउनुभयो । “केही एम्बुलेन्स निजी रुपमा समेत सञ्चालित छन्”, उहाँले भन्नुभयो, “सरकारले भाडादर निर्धारण गरे पनि एक रुपता छैन ।” प्रभावकारी रुपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उहाँको भनाइ छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

यशको दोहोरो भूमिकामा “टक्सीक” बुधबार देखि प्रदर्शन निर्देशक गीतु मोहनदास चर्चामा

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

नेपाली फिलम “पार्वती” भदौ १२ देखि प्रर्दशनमा

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

हेटौंडामा नेपाली फिल्म “लिटल स्ट्रार्स” विशेष च्यारिटी सो हुने

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology