हेटौंडा । छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा सम्पन्न भएको छ । शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएर भारतको आसामको गुहाटीमा फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा सम्पन्न भएको हो । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरबाट सहभागी भएका ६ जना खेलाडी मध्ये ३ जनाले स्वर्ण पदक, २ जनाले रजत पदक र १ जनाले काँस्यपदक हासिल गरेको मकवानपुर जिल्लाका कराँते प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छ्न् ।

प्रतियोगितामा महिलातर्फ ५५ केजी तौल समूहबाट सविना आले र उमेर समूहमा रेश्मा थापाले स्वर्ण पदक दिलाएकी प्रशिक्षक श्रेष्ठले बताए । पुरुषतर्फ रिदम थापाले उमेर समुहमा स्वर्ण पदक दिलाएको उनले बताए । सहशी विश्वकर्माले ५५ केजी तौल समूहमा रजत र रोहित थापाले ६० केजी तौल समूहमा काँस्य पदक जितेका छन् । महिलामा ज्योति लुङ्बाले उमेर समूहमा रजत पदक दिलाएकी छिन् ।

आइकेओ क्योकुशिन वर्ल्ड वे इन्डिया तथा क्योकुशिन काइ कान कराँते संघ असमको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ५० केजीदेखि खुल्ला तौल समूहका खेलाडीको सहभागिता रहको थियो । प्रतियोगियामा छिमेकी मुलुक भारतसहित नेपाल,बंगलादेश भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तान देशहरुबाट खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

रातो समाचार संवाददाता
थप जानकारी