हेटौंडा । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार बिहान १ बजेर ३० मिनेटको समयमा बाराको ईलाका प्रहरी कार्यालय अमलेगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको अवैध सामानसहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२१ अमलेखगञ्ज कार्यालय अगाडी वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक र भन्सार नभएका अवैध रुपमा भन्सार छलेर ल्याएको ट्रकबाट कस्मेटिक, कोकोनट, आल्मोन (बदाम), कपडा, सर्जिकल, ईलेक्ट्रिक, मोबाईलका पाटपुर्जा तथा औषधी जन्य सामानहरू बरामद गरेर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथ्लैया पठाइएको बाराका प्रहरीले जानकारी दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्