नेपालको बिभिन्न भूभाग मध्य बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरको आफ्नै विशेषता रहेको छ ।
भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका नारायणी पूर्वी राप्ती उपत्यका पूर्वी छेउ चुरेपाहडी श्रृङखलासँग जोीडएका छन् भने बिभिन्न जातजाती धर्मालम्बिहरुको बसोवास रहेको हेटौंडा उपमहानगर सुन्दर नगरको रुपमा परिचय बनेको छ ।
हेटौडा उपमहानगर क्षेत्रमा बासिन्दाको रूपमा परिचित मूलबासी भुमिपुत्र, भूमिपुजक, देवास, राई, ृृतामाङ्ग, क्षेत्री बाहुन जातिको सांस्कृतिक पहिचान बनेको छ ।
यसविच हेटौंडा उपमहानगर वडा नं.५ मा पनि धार्मिक स्थलहरु रहेका छन् ।
६.७ वर्ग किलोमिटर रहेको वडाको पुर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तर तर्फ मकवानपुरगढी र दक्षिणमा कर्रा खोला रहेको
सून्दर वडा मान्न सकिन्छ ।
यस वडा भित्र पुष्पलाल पार्क, मत्स्य पालन केन्द्र, शिषमहल, लक्ष्मीनारायण मन्दिर, रुद्रेश्वर मन्दिर,दक्षिणकाली, ढुङ्गेधारामा धार्मिक स्थलहरु रहेका छन् ।
यसै वडाको ढुङ्गेधारा पर्यटन बिकास मञ्को माध्यमबाट वडालाई चिनाउन वडाबासीहरु सक्रिय भएका छन् ।
वडामा भएको हरित स्थानमा भएको मन्दिर अनि ढुङ्गेधारा टोलबाट नजिकै रहेको कान्ति राजपथ लगायतका कारण पनि धार्मिक पर्यटकीय स्थलको सम्भावाना रहेको अध्यक्ष इश्वर ढुङ्गाना बताउछन् ।
…………………
हेटौंडा -५ स्थित राइटोल तर्फ जाने बाटो हुँदै केहीपर पुगेपछि सो स्थानमा पुग्न सकिन्छ।
यसै विषयमा अध्यक्ष इश्वर ढुङ्गाना सँग गरिएको कुराकानी भिडियोमा छ ।






















प्रतिक्रिया दिनुहोस्