हेटौंडा उपमहानगरपालिका वडा नं. १३, १४ र १६ मा उज्यालो नेपाल पार्टीको चुनाव प्रचारप्रसार समिति गठन भएको छ।

आगामी फागुन – २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी मैदानमा कुलमान घिसिङ नेतृत्व उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र १ का लागि सुरेन्द्र लामा (योन्जन) प्रत्यक्ष उम्मेदवार बनेका छन् ।

कम्प्युटर इञ्जिनियर (Computer Engineer – TU college topper) समेत रहेका सुरेन्द्र उम्मेदवार बनेपछि जनताको प्रत्यक्ष सहभागिता तीव्र रूपमा बढ्दै गएको पार्टीका प्रतिनिधिहरूले बताएका छन्।
क्षेत्रभित्र सामान्य पूर्वाधार र आधारभूत आवश्यकताहरू(जस्तै बाटो, शिक्षा र कपडा जस्ता आधारभूत सुविधाबाट समेत केही स्थानका नागरिक अझै वञ्चित रहेको अवस्थाबारे कार्यक्रममा चर्चा गरिएको हो।
इन्जिनियर समेत रहेका उम्मेदवार सुरेन्द्र लामाले स्थानीय जनताको वास्तविक अवस्था देख्दा आफू भावुक भएको बताए ।

विकासका लागि सहि नेतृँवको कमीले केही बस्ती अझै अन्धकारमय अवस्थामा रहेको र अब उक्त अवस्थालाई वास्तविक रूपमा परिवर्तन गरी क्षेत्रलाई उज्यालो र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्थानीय बासिन्दाले उज्यालो नेपाल पार्टीप्रति गरेको विश्वासमा आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा आफूहरू विश्वस्त रहेको बताए ।

………………………………………………………………………………………………………

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा निर्वाचनका लागि बिभिन्न दल र स्वतन्त्र तर्फबाट उम्मेदवार बनिसकेको अवस्था छ । गएको भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

मकवानपुरलाई हेर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र तर्फबाट गरेर कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । क्षेत्र–१ बाट २३ जना क्षेत्र–२ बाट २१ जना भिड्दै छन् ।
उम्मेद्वारहरु प्रचार प्रसारका लागि पनि दौडधूपमा व्यवस्थ देख्दा निर्वाचनको माहोल रोचक बन्ने देखिन्छ ।

………………………………………………………………………………………………………