फ्रेण्डस क्लबसँग सम्झौतापत्रमा हस्ताक्षपछि खिचिएको तस्बीर

हेटौँडा । हेटौँडा फुटबल एकेडेमीका खेलाडी अस्मिर गोङ्बाले राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पुस २५ गतेबाट काठमाडौंमा हुन लागेको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लब कुपोण्डलबाट हेटौँडा फुटबल एकेडेमीका खेलाडी अस्मिर गोङ्बाले खेल्ने भएका हुन् । शनिबार हेटौंडाका खेलाडी अस्मिर गोङ्बाले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबबाट सहभागी हुनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेपछि प्रतियोगितामा सहभागिता जनाउने सहमति पक्का भएको छ । हेटौंडाका अस्मिर गोङ्बासँग फ्रेण्डस क्लबका अध्यक्ष विश्वास विक्रम शाहले ४ महिनासम्म क्लबमा रहनेगरी सम्झौता गरेका हुन् । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी हुने गोङ्बाले खेल खेले बापतको पारिश्रमिक पनि पाउने बताएका छन् ।

उनी हेटौंडा फुटबल एकेडेमीका गोल रक्षक हुन् । यद्यपि उनले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पनि गोलरक्षकको भूमिका निर्वाह गर्नेछन् । १३ वर्षको उमेरबाट हेटौंडा फुटबल एकेडेमीबाट अस्मिर गोङ्बाले डेब्यु गरेको बताएका छन् । विगत सात वर्षदेखि उनी हेटौंडा फुटवल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाको नेतृत्वमा रहेर उत्कृष्ट प्रदर्शनी गर्दै आएको बताएका छन् । हेटौंडा फुटबल फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाकै साथ सहयोगको कारणले गर्दानै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउने अवसरमा पाएको उनले बताउँछन् ।

हेटौंडा फुटबल एकेडेमीबाट उनले विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरको प्रतियोगिताहरुमा सहभागी भएको उनले बताए । उनी सिमरा गोल्डकप, कावासोती गोल्डकप, थोरी गोल्डकप लगायतका प्रतियोगिताहरुमा सहभागी भएका छन् । यस्तै, छिमेकी मलुक भारतको सिक्किमा भएको इन्डिपेन्डेन्स फुटबल प्रतियोगितामा पनि सहभागी भएका छन् । विगत ३ वर्षदेखि फ्रेण्डस क्लबमा आवद्ध भएका अस्मिर गोङ्बाले क्लबाट ए डिभिजन लिग फुटबल प्रतियोगितामा, लालीगुरास फुटबल प्रतियोगितासहित अन्य विभिन्न प्रतियोगितामा सहभागी भइ सकेको बताउँछन् । उनले विभिन्न प्रतियोगिताहरुमा गरेको प्रदर्शनीको आधारमै फ्रेण्डस क्लबले उनीसँग सम्झौता गरेको हो । गोङ्बा प्लेइङ्गमा खेल्ने कि सफट्युटिडमा खेल्ने भन्ने विषयको अहिले टुंगो नलागेको बताउँछन् ।

सोमबार बसेको एन्फाको आपतकालीन बैठकको निर्णय अनुसार प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले पत्रकार सम्मेलन मार्फत जनकारी गराएको उनले बताए । राष्ट्रिय लिग फुटबलको विजेताले भने अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । राष्ट्रिय लिगको नियमावली अनुरुप एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरिएकोले क्लबको नाम राख्न आफूले उत्कृष्ट प्रदर्शनी गर्ने उनले बताउँदै उनले भने एएफसीको क्लब प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य रहेको छ । यदी क्लब लाइसेन्स नभएको क्लबले राष्ट्रिय लिग जितेमा क्लब लाइसेन्स भएकामध्येबाट उच्च स्थान हात पार्ने टिमले एएफसी क्लब प्रतियोगिता खेल्ने छन् । आफ्नो क्लबलाई जिताउनका लागि टिम प्रशिक्षक र अफिसियलको निर्देशन अनुसार आफु र सबै खेलाडीले अनुशासित ढंगबाट खेल प्रस्तुति गर्ने उनको भनाई छ । प्रतियोगितामा सहभागी हुने १७ टिमले छुट्टा छुटट्ै समूहमा विभाजन गरेर खेलाइने उनले बताए ।

प्रतियोगितामा एडीभिजनबाट चर्च ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब (कोपुण्डोल), जावलाखेल युथ क्लब, मच्छिन्द्र ँऋ, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यू रोड टिम (एनाअरटी), प्लानिङ ब्वाइज युनाइटेड, संकटा क्लब,सातदोबाटो युथ क्लब (एसवाइसी),श्री भगवती युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, लालीगुराँस एसोसिएसन क्लब,चित्लाङ एफसी, नव जनजागृति युवा क्लब र  ककरेबिहार क्लबको सहभागिता रहने छ । एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष स्थानमा परेर हासिल गरेर राष्ट्रिय  स्थानमा परेका, लालीगुराँस एसोसिएसन क्लब, चित्लाङ एफसी, नव जनजागृति युवा क्लब र ककरेबिहार क्लबको सहभागिता रहने छ ।

रोहित थापा क्षेत्री
थप जानकारी