हेटौंडा । हेटौंडा–६,स्थित गौरिटार रंगशाला अगाडि सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलबार ४ बजेर २० मिनेटको समयमा गौरिटार रंगशाला अगाडिको भित्री सडक खण्डबाट कमाने तर्फबाट रंगशाला तर्फ जादै गरेको बा.प्र.०३–००४ प ७०३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र.३–०२–०१२ प ६७६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हेटौंडा–१७ का ५० वर्षीय प्रदीप कुमार थापा मगरको र बारा जिल्ला कोहल्बी नगरपालिका वडा नम्बर–९ का भई हाल मकवानपुरमा सशस्त्र प्रहरी सहायक हवल्दारमा कार्यरत ३५ वर्षीय नारायणी भुजेल घाइते भएका थिए ।

टाउको हात र खुट्टामा चोट लागेको थापालाई हेटौंडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज पठाएकोमा अवस्था मध्यम रहेको छ भने भुजेलको दाहिने कुममा चोट लागेर सामान्य अवस्था रहेको छ । चौघटा प्रहरीचौकीबाट प्रहरी सहायक हवल्दार हुम बहादुर बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुबै मोटरसाइकललाई नियन्त्रणमा लिएका र कुनै प्रकारको क्षती नभएकोे जिल्ल प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।