रोशन दिप – मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा सचिन थापा मगरको संयोजकत्वमा जेन–जीले ४० सदस्यीय समिति सर्वसम्मत गठन गरेको छ ।
जेन–जी मकवानपुरका संयोजक सुविन खत्रीले बताए अनुसार भदौ २३ र २४ गतेदेखि देशभर आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र व्यथिति विरुद्ध लागिपरेका युवाहरुलाई एकजुट गरेर समेट्ने उद्देश्यले बागमतीका युवाहरुसँग छलफल पछि समिति विस्तार गरिएको हो।
संयोजकमा सचिन थापा मगर चयन भएका छन् भने सचिवमा रमेश थोकर चयन भएका छन् । त्यसैगरि कोषाध्यक्षमा उमेश लामा र अन्य ३७ जनालाई सदस्य चयन गरिएको जेन–जी मकवानपुरका सचिव नविन राउतले जानकारी दिए ।
कार्यसमितिमा बिरबल राई, बाशु राई, निर्मल राई, नवराज राई, धन बाहादुर भोलन, अदिप श्रेष्ठ, नविन भोलन, धर्मराज भोलन चयन भएका छन् ।
















प्रतिक्रिया दिनुहोस्