नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनमा तल माथि भए पुनः आन्दोलन हुनसक्ने बताएका छन्। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनका क्रममा तल माथि गर्न खोजिए  पुनः आन्दोलन हुनसक्ने   बताएका हुन्।

अध्यक्ष  प्रचण्डले तत्कालका लागि एमसीसीको विषय टुंगो लागिसकेको  स्पष्ट पारे। उनले भने‘तत्कालका लागि एमसीसीको विवाद टुंगो लागिसकेको छ ’ उनले भने ‘तर, व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा तलमाथि गर्न खोजिए पुनः आन्दोलन पनि हुनसक्छ।’  विराटनगरमा आइतबार देखि सुरू भएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन आएका प्रचण्डले  व्याख्यात्मक घोषणा सम्झौताकै अंगका रुपमा प्रतिनिधिसभाबाट पारित गरिएको स्पष्ट पारे। प्रचण्डले पार्टी भित्र एमसीसीको विषयमा पार्टी भित्र एक मत नरहे पनि निर्वाचन सम्म एउटै धारणा बनाएर अघि बढ्ने सहमति भइसकेको बताए।

उनले अहिलेकै अवस्थामा एमालेसँग निर्वाचनमा तालमेल हुने कुनै संभावना  नरहेको स्पष्ट पारे। एमालेमा नकारात्मक सोच मात्रै भएकाले ओली पक्षसँग चुनावी तालमेल हुन नसक्ने उनको भनाई छ। सकेसम्म गठबन्धका दलहरूवीच सहमति गरेर एउटै मोर्चामा चुनाव लड्ने नभए विचार मिल्नेहरूवीच चुनावी तालमेल गर्ने त्यासो पनि हुन नसके एक्लै चुनाव लड्ने आफूहरूको योजना रहेको प्रचण्डले बताए। उनले भने‘अरुको पछि लाग्ने भन्दा पनि हामी आफ्नै वल बुँतामा चुनाव लड्ने क्षमता बनाउँदै छौं।’ अध्यक्ष प्रचण्डले स्थानिय तहको निर्वाचन निर्धारित मितिमै हुने भएकाले आफूहरू सम्पूर्ण शक्तीकासाथ निर्वाचनमा लागिसकेको स्पष्ट पारे।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो