वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार विरगञ्जको नेशलन मेडिकल कलेजका प्रवन्ध निर्देशक बस्रुदिन अन्सारीको घरमा एक बैवाहिक कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई पार्टी प्रवेश गराएका हुन्।

सरावगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित नगर प्रमुख हुन्। एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए। उनले आफू एउटा पुरानो पार्टीमा प्रवेश गर्न पाउँदा खुसी लागेको बताएका छन्।

एमाले प्रवेश गर्दै उनले भने, ‘जसपाबाट मैले छोड्ने कारणहरु छन्। त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन।’

मेयर सरावगीसँगै दुईजना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु, वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी, २५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु पनि एमालेमा प्रवेश गरेका छन्

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो