हेटौंडा । श्रम संस्कृतिक पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीले हेटौंडा–६,स्थित चौघडामा सरसफाई गरेको छ । श्रम संस्कृति पार्टीका उपाध्यक्ष युवा राईको नेतृत्वको टोलिले शनिबार चौघडा क्षेत्रमा सरफाई अभियान गरेका हो । चौघड़ाको वंशगोपाल माध्यमिक विद्यालय अगाडिको वरपरको सरसफाइ गरेर फोहोर, प्लास्टिक वस्तुहरू सङ्कलन गरेको उपाध्यक्ष युवराज राइले बताए ।
स्वच्छ वातावरण र सार्वजनिक स्थानको सौन्दर्य वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरेको सरसफाइ अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको पनि सहभागिता रहेको उनले बताए । हेटौंडा–६ मा लव देवश राई को संग्योजकमा सात सदस्य वड़ा कमिटी गठन पनि गरिएको बताइएको छ ।
“चेतना,पसिना,औजार र विचारको क्रान्ति” भन्ने मूल नाराका साथ धरानका मेयर हर्क साम्पाङको शैलीमा श्रमदान गरेको उनको भनाई छ । प्रत्येक साताको शनिबार हेटौंडाको विभिन्न क्षेत्रमा अभियान गरिरहेको उनले बताए । उनका अनुसार जनतालाई श्रमदानसँग जोडेर विकास निर्माणमा साझेदारी गराउँदै सानो लगानीमा ठुलो काम गर्ने अभियान सुरुवात गरिएको हो । श्रमदानद्वारा विकासको सम्भावनाहरूलाई नेपाल मै आफ्नौ बलबुदामा अडिएर विकास छेड्ने र विकासको कामहरूमा अघि बढ्ने लक्ष्यसहित पार्टी अघि बढिरहेको उनको भनाई छ ।


































प्रतिक्रिया दिनुहोस्