लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका २ जना प्रतिवादीहरु ।

हेटौंडा । पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नम्बर–५ का २० वर्षीय करण राय र रायभर लागूऔषध सहित हेटौंडा–१५,स्थित पूर्वपश्चिम सडकखण्डबाट पक्राउ परेको छ । बुधबार ३ बजेको समयमा पूर्वपश्चिम खण्डको रातोमाटे प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले १८ ग्राम १५० मिलि ग्राम लागूऔषध खैरो हेरोइनसहित राय र रायभरलाई पक्राउ गरेको हो ।

पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार राय र उपेन्द्र रायभरलाई शंका लागि रितपुर्वक खानतलासी गर्दा रायले बोकेको झोला भित्र रहेको भिभो लेखिएको मोवाईल चार्जर भित्र लुकाई छिपाई ल्याईएको लागूऔषध फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरु दुबै जनालाइ नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालत मकवानपुर बाट दिन ५ दिन म्याद थपको अनुमति प्रहरीले हिरासदमै राखेर अनुसन्धान गरिरहेको छ ।