
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार ३ बजेर १० मिनेटको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९,स्थित गुम्बा चोकमा लागूऔषधको कारोबार भइरहेको खबर प्राप्त हुन साथ १ ग्राम ६५० मिलि ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका वडा नम्बर–९ घर भई हाल हेटौंडा–४ कर्रामा बस्ने १९ वर्षीय निश्चल लामा नेगी र चितवन राप्ती नगरपालिका वडा नम्बर–६ घर भई हाल हेटौंडा–९मा डेरा गरी बस्ने २० वर्षीय अभिषेक रानालाई शंका लागि रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट लागूऔषध फेला परेको थियो । लागूऔषध सहित पक्राउ परेका रानालाई नियन्त्रणमा लिई लागूऔषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्