हेटौंडा । रिकभरिङ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा दिवाकरराज श्रेष्ठ चयन भएका छन् । आइतबार चितवन जिल्लाको भरतपूर महानगरपलिकामा सम्पन्न भएको साधरण सभाले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रोशन सिलवाल, गौरव ढकाल र यम गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवमानिरन्जन तामाङ, सह-सचिवमा गगन खत्री र कोषाध्यक्षमा  निर्मन विडारी चयन भएका छ्न् ।  सदस्यहरुमा  सुस्मिता गुरुङ, सरोज लामा, सुदिप गुरुङ, रिजेश केसी, रमेश गुरुङ र रन्जित श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा प्रदेशभरका पुनर्स्थापना केन्द्र, सदस्य संस्था तथा सरोकारवालाको  उपस्थिति रहेको थियो।  समितिका प्रदेश अध्यक्ष श्रेष्ठको सभाध्यक्षमा तथा केन्द्रीय उपाध्यक्ष ध्रुव केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएकोहो । पूर्व केन्द्रीय अध्यक्ष शान्ता घले, केन्द्रीय सदस्य सन्दीप शाक्य र शौजन क्षेत्री डिसीको आतिथ्य रहेको  प्रदेशका प्रदेश फोकल पर्सन मनिश मान श्रेष्ठले बताए

कार्यक्रम प्रदेशभित्रका पुनर्स्थापना सेवा, हानी न्युनीकरण कार्यक्रम, उपचार पहुँच, पुनर्स्थापना केन्द्रहरूको दर्ता तथा सहजिकरण, र समुदायमा सेवा परिचय विस्तारका सवालमा केन्द्रित थियो। सभाको प्रारम्भमा फोकल पर्सन मनिश मान श्रेष्ठले प्रदेशस्थित सेवा–चुनौती, नीतिगत अवरोध, सदस्य संस्थाको विवरण तथा आगामी वर्षका रणनीतिक प्राथमिकताबारे जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ध्रुव केसीले नशा सम्बन्धी समस्या समाधानमा राज्य–समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रिकभरीङ नेपाल को भूमिका उल्लेखनीय रहेको धारणा राखे ।

सभामा सहभागीहरूले बाग्मती प्रदेशमा पुनर्स्थापना सेवाको दर्ता प्रक्रियालाई सरल, पारदर्शी र सबैका पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। साथै समुदायस्तरमा पुनर्स्थापना र क्षती न्युनिकरण सेवाको पहिचान, विश्वसनीयता र प्रभावकारिता बढाउन रिकभरीङ नेपाल बाग्मती प्रदेशले एकीकृत अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

रातो समाचार संवाददाता
थप जानकारी