राष्ट्रिय सभा चुनावको मतदान बिहान ९ बजेदेखि सुरु भएको छ ।

फागुनदेखि रिक्त हुने १९ पदका लागि आज भैरहेको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी सहित सहित प्रक्रिया गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच धनुषाको जनकपुरधाममा किसानलाई मलको अभाव भएको भन्दै  राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लफडा गरेका छन् ।

कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहारीले रोक्नखोज्दा झडप भएको छ ।

कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

जनकपुरधामका बिभिन्न ठाउँमा  विहानै देखि खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ भने जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मत माग्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभा चुनावमा सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उप–प्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।