बागमती प्रदेशको राजधानी हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा लफडा भएको छ ।

हेटौंडा वडा नम्बर–८स्थित औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद हिमाली गोलले फोटो खिच्ने क्रममा लफडा भएको हो ।

मत जाहेर गरिसकेको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई रोकेका थिए  श्रेष्ठले सांसद गोलेको मोवाइल खोस्न थालेसँगै माओवादी केन्द्रकै सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समात पछि लफडा भएको हो ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुख २सय ३८ गरी ३सय ४७ जनाले मतदान गर्न पाउने निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

राष्ट्रियसभा सदस्य अन्तर्गत वागमती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो भने दिउँसो ३ बजे सकिने छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहित मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुले मतदान गरेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा ६ जना उम्मेदवार रहेका छन् भने सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका हुन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा –एककृत समाजवादी बाट गोमादेवी तिमल्सिना र अन्यमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दलको नेकपा एमालेबाट महिलामा निरु कुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेपाल मजदुर किसान पार्टीबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रको सभा हलमा भएको मतदान प्रक्रियामा स्थानीय तहका प्रमुख उप–प्रमुखहरुको लागि छुट्टै मतदान स्थलको व्यवस्था सहित भइरहेको मतदान प्रक्रिया अप्रहान्न ४ बजेपछि मतगणना सुरु गर्ने र सांझ ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्नेगरी भइरहेको छ ।