एन्फाले जारी गरेको सूचना ।

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–२० को महिला टिम छनौट गर्न निर्देशन दिएको छ । एन्फाका केन्द्रीय महासचिव किरण राईले मंगलबार एक सूचना जारी गर्नुहुँदे ७ प्रदेशका फुटबल संघ, शहिद स्मारक ए, बि र सी डिभिजन क्लबका २० वर्ष भन्दा कम उमेर समूहका खेलाडीहरु छनौट गर्न निर्देशन दिएका हुन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आगामी असार २७ गतेदेखि श्रावण ५ गतेसम्म बंग्लादेशमा हुन लागेको साफ यु–२० को महिला च्याम्पियनसीप फुटबलमा महिला टिम सहभागी गराउनका लागि खेलाडी छनौट गर्नका लागि निर्देशन दिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा महिला टिम सहभागी गराउनका लागि राष्ट्रिय खेलाडी छनौट गरेर प्रशिक्षण दिइने बताइएको छ । पहिलो चरणको छनौट कार्यक्रम धरान शुनसरीस्थित एन्फा एकेडेमी खेल मैदान जेष्ठ ५ गतेदेखि ७ गतेसम्म हुनेछ भने दोस्रो चरणको छनौट कार्यक्रम जेठ ८ गतेदेखि १० गतेसम्म कर्णालीको सुर्खेत रंगशालामा हुनेछ । अन्तिम छनौट कार्यक्रम जेष्ठ ११ गते देखि १४ गते सम्म ललितपुरको साटडोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बताइएको छ ।