पर्सा । पार्किङ गरि राखेको २ वटा मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१५ बस्ने २० वर्षिय अवधेश महतो र सोही स्थान बस्ने २१ वर्षिय सुवास तिवारी तथा बाराको कोल्हवी नगरपालिका-९ बस्ने १९ वर्षिय सबिन चौधरी रहेका छन् ।

मंगलबार राती वीरगञ्ज-१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले उक्त मोटरसाईकलसहित अवधेश र सुवासलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुविरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गर्दा डीउटीमा रहेको प्रहरी टोलीले उक्त मोटरसाइकलसहित सबिनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध पनि चोरी सम्बन्धी कसूरमा ५ दिनको  म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।