हेटौंडा । मकवानपुर जिल्ला पूर्र्णखोप सुनिश्चिता तथा दिगोपन प्रमारिकण घोषणा भएको छ । सोमबार हेटौंडामा एक कार्यक्रमकोबीच बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन प्रमारिकण घोषणा गरेका हुन् । खोप निर्देशिक प्रमारिकरणको प्रक्रियाहरु पूरा गरेर घोषणा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षमा तथा प्रदेश सभा सदस्य श्रेष्ठको प्रमुख आतिथ्यमा घोषण कार्यक्रम भएको थियो । प्रदेश सभा सदस्य घोषणपत्रमा हस्तान्तरण गरेका थिए ।
स्थानीय श्रोत उपायोग स्वामित्व र सहभागिता र पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्दता भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, हेटौंडा अस्पतालका मेसु डा.राजचन्द्र सापकोटा, लगायतको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्