मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषध सहित १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पाएको सुचनाको आधारमा सुचनाको आधारमा प्रहरी मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन घर भई हाल हेटौडा १९ बस्तिपुरमा कोठा लिइ बस्ने २९ बर्षकी नानि माया खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीको जानकारी अनुसार निजको कोठामा खानतलासी गर्देक्रममा लागू औषध डाईजेपाम (२८० एम्पुल, फेनार्गन (२६८ एम्पुल र नुफिन (२५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागू औषध लुकाईराखेको अवस्थामा फेला हो ।

उक्त लागुऔषध सहित नियन्त्रणमा लिई महिलाको विषयमा थप अनुसन्धान कार्य भईरहेको छ ।